बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बुधबार, २१ फागुन २०८१
बाजुरा : बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर गौमुल गाउँपालिका–६, टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको हो । गाउँनजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले जानकारी दिए । उनी भिरबाट करिब एक सय मिटर तल खोचको खसेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार