सरकारले जिरो वा सय नम्बर दिए पनि त्यसले फरक पर्दैन : कुलमान घिसिङ

विहीबार, २२ फागुन २०८१
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई जिरो वा सय नम्बर दिए पनि त्यसले फरक नपार्ने बताएका छन् । प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केन्द्रको कार्यक्षेत्रमा रहेका सडकबत्तीको महसुल भुक्तानी गर्ने पालिकालाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रममा उनले आफ्नो कामको मूल्यांकन जनताले गरिरहेको बताएका हुन । पाँच-छ वटा स्पष्टीकरण दिएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले पदमा रहदा अन्तिम समयसम्म काम गर्नुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताए । प्रमुख कार्यकारी निर्देशक घिसिङले कर्मचारीहरूसँग मिलेर आफूले जिम्मेवारी लिएर काम गरिरहेको समेत बताए । आठ वर्षअघि आफू प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा ५० देखि ५५ प्रतिशत मात्रै विद्युतीकरण रहेको समेत घिसिङले जानकारी दिए । टुकीमुनि बस्नेलाई बिजुलीको उज्यालो दिनु पर्नेमा अब खेत खेतमा पनि विद्युतीकरणको आवश्यकता महसुस भएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार