पाँचथर । पाँचौं अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकपको ट्रफि सार्वजनिक भएको छ । आयोजक पाँचथर क्लवले शुक्रबार साँझ फिदिम माविको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै विजेता र उप विजेतालाई दिने ट्रफि सार्वजनिक गरेको हो ।
प्रतियोगिता शनिबार सदरमुकाम फिदिम स्थित फिदिम माविको खेल मैदानमा शुरु हुने छ । अपरान्ह दुईबजे हुने उद्घाटन खेलमा आयोजक पॉचथर क्लव र इन्ट्रा पथरी फुटबल क्लव मोरङ बिच प्रतिश्पर्धा हुने आयोजक पॉचथर क्लवले जनाएको छ ।
प्रतियोगिताका लागि प्याराफिट व्यवस्थापन र मैदानको स्तरबृत्ती लगायतका तयारी पुरा भएको पॉचथर क्लवका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए । प्रतियोगितामा नेपालका ए डिभिजन र विभागीय गरी ६ टिम सहित आयोजक र भारतको एक टिम गरी जम्मा ८ टिम सहभागी छन ।
संस्करणका बिजेतालाई ११ लाख १ हजार १ सय ११ रुपैंया पुरस्कार सहित ट्रफि मेडल र प्रमाण पत्र दिइने अध्यक्ष तुम्रोकले जानकारी दिए । प्रतियोगिताका उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैंया पुरस्कार प्राप्त गर्नेछन ।
प्रतियोगितामा ७० लाख रुपैैंया लागत अनुमान गरिएको छ ।
प्रतिक्रिया