आईआईसी वसन्त कार्निवलमा 'सबिन राई एण्ड द फारो'को प्रस्तुति

शनिबार, २४ फागुन २०८१
इटहरी : इटहरी इन्टरनेसनल कलेजको आयोजनामा इटहरीमा आईआईसी वसन्त कार्निवल सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो । यस कार्यक्रममा विद्यार्थीहरूको नृत्य र प्रस्तुति, स्वादिष्ट खाना र खेल स्टलहरू राखिएको थियो । कार्यक्रममा फरक फोटो सत्रहरूको पनि आयोजना गरिएको थियो , जसले आगन्तुकहरूलाई रमाइलो गर्ने अवसर प्रदान गरेको थियो । कार्यक्रममा अतिथि ब्यान्डहरूको रूपमा सबिन राई एण्ड द फारोको प्रस्तुति रहेको थियो । इटहरी इन्टरनेसनल कलेजका विद्यार्थीहरूले वार्षिक रूपमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । यो कार्निवल कार्यक्रम सबैका लागि निःशुल्क रहेको थियो । विशेष गरी इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरू र अन्य कलेजका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको इटहरी इन्टरनेसनल कलेजले जनाएको छ । कार्यक्रममा १ हजार ५०० बढिको उपस्थिति रहेको आयोजकको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार