‘हेण्डी क्राफ्ट’ सामग्रीमा आकर्षित महिलाहरू

शनिबार, २४ फागुन २०८१
धरान : पछिल्लो समय हातले बुनेका सामाग्री (हेण्डी क्राफ्ट)हरू युवा पुस्ता माझ लोकप्रिय बन्दै गएको छ । धरानमा आयोजित मार्केट मार्चमा दोस्रो पटक आफ्नो स्टल राखेका धरानकी पूजा तामाङ र दमककी अनुसार मगर गत साल राम्रो व्यापार भएकोले यसपालि पनि आफूले बनाएको समानहरू लिएर मार्चमा आएको बताउँछन् । लबर, किरिङ, ब्याग, लेडिज भेष्ट लगायत हातले बनाइने प्रायः समानहरू अर्डर बमोजिम बनाइने र इन्टरनेटमा देखेर साथै आफूलाई मन परेको सामाग्रीहरू समेत बनाइने उहाँले अनुसार बताउँछिन् । त्यस प्रकारका सामग्रीहरू खास गरी युवतीहरूलाई मन पर्ने गरेको उनको भनाई छ । “पछिल्लो समय हातले बुनेका सामाग्रीहरू धेरै बिक्री हुने गरेकोले पढ्दै काम पनि गर्दै आएको” उद्यमी स्मृति गुरुङ बताउँछिन् । फूल लगायत अन्य सामाग्रीहरू पनि हातले बनाएर अनलाइनबाटै बेच्ने गरेको उनको भनाई छ । क्याम्पस पढ्दै कमाउँदै गरेका स्मृति गुरुङ र चासुम राई पनि मागकै आधारमा ‘हेण्डी क्राफ्ट’ सामाग्री बनाउने गर्दछन् । दुई जना मिलेर धागोले बुनेका फुलहरू बनाउँदै अनलाइनबाटै बेच्दै आएको बताउँछन् । झुनास फिटनेस एण्ड वेलनेश धरानले ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्केट मार्च कार्यक्रमको आयोजना गरेकोले पहिलो पटक आफूहरूले बाहिर राखेको विद्यार्थी उद्यमी चासुम राईले बताइन् । श्रमिक महिला दिवसमा आयोजित कार्यक्रमले महिलाहरूको श्रमको समेत सम्मान भएको उनको भनाई रहेको छ । महिला उद्यमी मनिता घिमिरेले पनि वनस्पतिहरूबाट घरमै उत्पादन गरी साबुन लगायतका सामग्री स्टलका रूपमा राखेकी छिन् । यसरी सिपमूलक आर्य आर्जनमा लाग्नलाई मार्केट मार्चले थप प्रोत्साहन गरेको महिलाहरूको भनाई छ । स्टलमा महिलाहरूले उत्पादन गरेका हस्तकला, रेडिमेड उत्पादनहरू, बिरुवा, रैथाने उत्पानह जातीय परिकार र कोरियन परिकारहरू लगायत ३२ वटा स्टलहरू रहेको झुनास फिटनेस एण्ड वेलनेशका सञ्चालक तथा र फिटनेस प्रशिक्षक झुना राईले बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार