इटहरीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

शनिबार, ०२ चैत्र २०८१
इटहरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरीमा शनिबार बिहानका राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर चालक विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुनम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा बिहान ५ः१५ बजेतिर मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार उदयपुरको कटारी नगरपालिका–२ की २८ वर्षीया उमा सुनुवार घाइते भएकी छन् ।

सुनुवारको विराट नर्सिङमै उपचार भइरहेको छ । मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार