'यादव चोक' नामको विषयमा झडप: प्रहरीले चलायो अश्रुग्याँस

आइतबार, ०३ चैत्र २०८१
जनकपुर । धनुषाको सबैला नगरपालिकामा दुई पक्षबिच झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । नगरपालिकामा दुई पक्षबिच झडप हुँदा प्रहरीले आश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको बताए । उनका अनुसार अश्रुग्याँस प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको थियो । ‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन् । चोकको विषयमा दुई पक्षबिच झडप भयो,’उनले भने ।’ केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो । ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ । भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएको थियो । आज बिहानदेखि स्थानीयहरूले सवैला प्रहरी चौकी घेरेर नाराबाजी गरिरहेका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार