छोराको जन्मदिनमा विद्यार्थीलाई झोला वितरण

शुक्रबार, ०२ जेठ २०८२

इलाम : साङगरुम्बा घर भई झापा बिर्तामोडमा वैदेशिक रोजगार व्यवसाय गर्दै आएका अनीश कार्कीले  आफ्नो छोरा अपसन कार्कीको जन्मदिन विपन्न विद्यार्थीलाई झोला वितरण गरेर मनाएका छन् ।

 साङगरुम्बाको अमर ज्योति आधारभूत विद्यालयका नर्सरी र केजी कक्षाका २५ जना विद्यार्थीलाई पुस्तक बोक्ने झोला वितरण गरेर मनाएका हुन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मङगलसिङ फेजङको अध्यक्षतामा भएको  कार्यक्रममा कार्कीले झोला वितरण गरेको विद्यालयका प्रधानाध्यापक पुण्य कट्टेलले जानकारी दिए । कार्यक्रममा  साङगरुम्बा माविका व्यवस्थापन समितिका अध्यक्ष योग्य खत्रीले व्यवसायी कार्कीलाई धन्यवाद व्यक्त गरे ।

 उनले होटेलमा केक काटेर पार्टी गर्नुभन्दा पनि सामाजिक कार्यमा जुटेको भन्दै खुसी व्यक्त गरे ।  कार्यक्रममा बोल्दै युवा समाजसेवी व्यवसायी कार्कीले आफ्नो छोराको जन्मदिन आफू पढेको विद्यालयमा आएर मनाउन पाएकोमा खुसी व्यक्त गरे । सो क्षेत्रमा रहेका चार वटा विद्यालय  बन्द हुँदा पनि कसैको चासो नपुगेकोमा उनले दुख व्यक्त गरे ।

 मावि सम्मको विद्यालय चल्न सक्ने विद्यार्थी हुँदा समेत सरोकार वालाले चासो नदिएको उनको गुनासो छ । विद्यालय भएपछि सो क्षेत्रका विद्यार्थी दैनिक ५ घण्टा हिँडेर प्राथमिक शिक्षा लिनु पर्ने बाध्यता रहेको छ । 

बालबालिकालाई अध्यापन गराउन बाहिर जानु पर्ने समस्याकै कारण बसाइ सराइले सबै खेती योग्य जमिन बाझै रहने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार