जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी वर्ष ११ दिन सार्वजनिक बिदा दिने भएको छ।
वि.सं. २०८० सालमा संघ सरकारले दिने बिदाका अतिरिक्त मधेस सरकारले विभिन्न पर्वको अवसरमा वर्षभरिमा ११ दिन बिदा दिने गरी राजपत्र प्रकाशित गरेको हो।
मधेस सरकारले वैशाख २ गते शनिबार सिरुवा पावनी, वैशाख १६ गते शनिबार जानकी नवमी, इस्लाम धर्मावलम्बीहरुको पर्व इद, बकर इद पैगम्बर मोहम्दको जन्मदिन, मंसिर ४ गते छठ पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो।
यस्तै, पुस १ गते विवाह पञ्चमी, माघ ५ गते बलिदानी दिवस, फागुन १ गते जनयुद्ध दिवस, चैत १३ गते होली र चैत २१ गते राम नवमीको अवसरमा बिदा दिने गरी राजपत्र प्रकाशित गरिएको हो।
प्रतिक्रिया