संघीय र उद्योग मन्त्रालयले सामान्य ढंगले मापदण्डलाई संशोधन गरेर अर्थात नीजि क्षेत्रलाई पनि समावेश नगरी मन्त्रिपरिषद्बाट लागू गर्न खोज्नुभयो । सरोकारवाला र वकिलहरुको समुहले फेरि अदालतको ध्यानाकर्षण गराउनुभयो । तर २०७७ सालमा गरेको निर्देशन अहिलेसम्म कार्यान्वयन भएको छैन् ।नेपालमा संचालनमा रहेका क्रसर तथा खानी उद्योगहरु नीतिगत प्रावधानको अभावमा संकटग्रस्त बन्दै गइरहेका छन् । नीतिगत व्यवस्थापन नहुँदा प्राकृतिक सम्पदाहरुको दोहन भइरहेको र सदुपयोग गर्न सकिने नदीजन्य सामग्रीहरु खेर गइरहेको अवस्था छ । यसमा सरकारी चासो र चिन्ता भएको व्यवसायीहरुको गुनासो छ । यसै सन्दर्भलाई लिएर नेपाल न्यूज बैंकले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेसँग कुराकानी गरेको छ ।
चुरे के हो, चुरे भन्दा बाहिरको समथर भूभाग के हो, तलको समथर भूभाग के हो भन्ने तहमा राष्ट्रिपति चुरे संरक्षण समितिलाई धन्यवाद दिनुपर्छ । एउटा अध्ययन प्रतिवेदन उहाँहरुले तयार गर्नुभएपनि नागरिकको बीचमा सार्वजनिक गर्न सक्नु भएन । यो निकै शंकास्पद लाग्छ ।तथ्यांकले के भनेको छ भने चुरे र महाभारत आसपासबाट उच्च पहाडबाट बगेर समथर भूभागमा जम्मा भएको गिट्टी–बालुवा चाँही ३१ करोड घन मिटर डिपोजिट छ भनेर त्यो प्रतिवेदनले उल्लेख छ । नागरिकको सम्पत्ति नागरिकलाई देखाउनु पर्ने हो तर देखाउन सक्नु भएको छैन । कारण थाहा छैन् । यसैगरी प्रतिवेदनले प्रत्येक वर्ष उच्च पहाडबाट बगेर ७ देखि १० करोड घनमिटर आउँछ, २५ देखि ३० प्रतिशत बगेर आउँछ भनिएको छ भने २५ देखि ३० प्रतिशत बगेर जान्छ । देशमा विकास निर्माण र राष्ट्रिय पूर्वाधार विकास कूल ३ देखि ४ करोड घन मिटर मात्र प्रयोग गर्न सक्छौं भन्ने उहाँहरुको तथ्यांक छ । त्यसले नेपाल सरकारले गठन गरेको राष्ट्रपति चुरे संरक्षण समितिबाट आएको प्रतिवेदनले ८ देखि १० करोड प्रत्येक वर्ष ढुंगा, गिट्टी, बालुवा बगेर गइरहेको देखाउँछ । प्रत्येक वर्ष ८ देखि १० करोड चाँही उच्च पहाडबाट बगेर आउँछ भनेर भनिसकेको पनि छ । त्यसैले सरकारको तहको जुन रबैयाका कारण आम जनतामा नकारात्मक टिप्पणी हुनु वैज्ञानिक आधारबाट छैन् । कच्चा निर्माण सामग्रीहरु चाँही उच्च पहाडबाट बगेर आएर सिध्याउन खोजेको हो की ? त्यसैले कुनै रणनीतिका साथ स्वार्थ समूह लागेर पेसा वा यो व्यवसायलाई समस्याग्रस्त बनाएको हो की शंका लागि रहेको छ । तपाईंहरुकै कारण निर्माण सामग्रीको मूल्य बढेको पनि भन्छन् नि । यस सम्बन्धमा वैज्ञानिक आधारहरु खोज्नुपर्छ । कपोकल्पित ढंगले नराम्रा म्यासेजहरु बाहिर लानेमा विभिन्न गुट समूहहरु लागिरहेका छन् । मैंले व्यवसाय गरेको ४४ सालदेखि नै हो । पञ्चायतलाई पनि हेरेको छु, प्रजातन्त्र पनि हेरेको छु र लोकतन्त्र पनि हेरिरहेको छु । गणतन्त्र नियालिरहेको छु ।
यी सबै अवस्थालाई हेर्दा जिल्लाको ट्याक्स कुनैबेला ८० रुपैयाँ थियो । जिल्ला विकास समितिले एक ट्रिपको १८५ रुपैंयाँ तिरेको याद छ । अहिले चार हजार रुपैंयाँ तिर्न बाध्य छौं । त्यसैले कसैले कपोकल्पित कुरा गर्नु बेकार छ । त्यसको न्यूनिकरणका लागि के गर्न सकिन्छ भनेर नीजि क्षेत्र र सरोकारवाला राखेर कुरा गर्नुपर्दैन् ?हामी व्यवसायीहरु एउटा टेबलमा आउन तयार छौं त । गाउँ पालिका महासंघ, नगरपालिका महासंघ पनि एउटै टेबलमा आउन सक्छ नि । सरोकारवाला मन्त्रालय पनि एउटै टेबलमा बस्ने अवस्था निर्माण गर्नुपर्यो । एउटै टेबलबाट वैज्ञानिक आधार खोज्न सक्छांै । १८५ रुपैयाँ कर पर्ने चिजलाई चार हजार रुपैयाँ तिर्नु भनेको सामान्य कुरा होइन् नि । १८५ रुपैयाँ कर तिर्दा ३१ रुपैयाँ लिटर डिजेल थियो । आज बढेर १५६ रुपैयाँ पुगेको छ । यस्ता विविध कुराहरुको गहिरिएर अध्ययन गर्नुपर्छ, कपोकल्पित कुरा गरेर कहीं पुगिदैन् । नेपालको ढुंगा, बालुवा, गिट्टी चाँही उच्च पहाडबाट त्यसै बगेर गइरहेको छ । त्यसको फाइदा अर्काले लिइरहेको छ । त्यहाँ सरकारको ध्यान छैन । घर अगाडि भएको गिट्टी बालुवाको चाँही एउटा नागरिकले ल्याउँदा धेरै पैसा तिनुपर्ने अवस्था छ । हामी भित्र भएको स्रोत सस्तोमा पाउनुपर्ने हो नी, तर विविध कारणले सामग्रीको मूल्य बढेको हो, व्यवसायीको कारणले होइन । त्यसोभए अब सरकारले के के विषयमा सहजीकरण गर्नुपर्छ ? सरकार भनेको नागरिक समाज, पेसाकर्मी, लगानीकर्ताहरुको अभिभावक हो । नीति निर्माण त्यहीबाट हुने हो । हामीले सुझाव दिने हो । नागरिक समाजले पनि सुझाव दिने हो । तर कसले कस्तो ढंगले प्रभाव गरिराखेको छ भन्ने कुराको वास्तविकतामा पुग्नको लागि चाँही सरोकारवाला नै चाहिन्छ । नेपाल सरकारको तीन तहको सरकार छ, तीन तहकै सरकारको भूमिका महत्वपूर्ण छ । मेरो पुस्ताले पाउनुसम्मको दुःख पायो, अहिल नीजि व्यवसायलाई सरकारले लखेटि लखेटि कुटिरहेको छ । काम गर्ने मान्छेहरुलाई पनि लखेटि लखेटि विदेश जान बाध्य बनाएको छ । हाम्रो व्यवसायकै कुरा गर्ने हो भने सामान्य प्रशासान मन्त्रालयले २०७७ को ढुंगा, बालुवा, गिट्टी सम्बन्धि कार्यविधिलाई तत्काल खारेज गर्नुपर्छ । १० वर्षदेखि पालेर राखेको समस्या समाधान गर्ने भनेको कार्यविधि खारेज नै हो । समस्या समाधान गर्ने बाटोमा राष्ट्रसेवक कर्मचारी र मन्त्रीज्यूले विशेष ध्यान दिनुपर्छ । साथै सरोकार राख्ने समितिहरु, संसदीय समितिहरुको ध्यान पनि जानुपर्छ । २०७७ को ढुङगा बालुवा गिट्टी सम्बन्धी कार्यविधि, खारेज नै समस्या समाधानको पहिलो खुडकिलो हो । दोस्रो कुरा भनेको कानून सम्मत दर्ता भएका उद्योगहरुले सरकारलाई तिर्नुपर्ने कर शुल्क दिएर अनुमति दिने निकायमार्फत नविकरण गरेर संचालन गर्नुपर्यो । तेस्रो कुरा कानूनको दायरा भन्दा बाहिर रहेका उद्योगलाई दायरामा ल्याउन नीति बनाउनुपर्यो । त्यसका लागि नीजि क्षेत्र, सरोकारवालाई राख्नुपर्यो । उद्योगलाई व्यवस्थित गर्ने सवालमा मन्त्रालयहरु आफैंमा विभाजित रहेकाले एकमत हुने अवस्था बनाउनपर्यो । किनभने मन्त्रालयहरुबीचमा अशंवण्डा व्यापक छ । स्रोतका विषयमा विभाजित छन् । तेरो र मेरो क्षेत्राधिकारलाई लिएर सरकार भन्ने नै नभएकोजस्तो छ ।
हामीलाई एकल विन्दुमार्फत, सेवाको कानून अनुसार के के दिनुपर्ने, हाम्रो दायित्व सरकारलाई के के दिनुपर्ने भन्ने विषय टुंगोमा पुग्नपर्छ । हामीले पाउने कच्चा प्रदार्थको स्रोत कसरी पाउने, हामीले प्रशोधन गरेर किनेर बेच्नुपर्ने, बढि भएका सामान निर्यात कसरी गर्ने, विदेशी मुद्रा कसरी ल्याउने, बजारलाई कसरी चलायमान बनाउने भन्ने सुझाव सरकारलाई दिन तयार छौं । तर सरकारले .टेवुलको व्यवस्था गर्नुपर्छ । विवादित र विभाजित मन्त्रालय एवम सरोकारवाला मन्त्रालय कुन कुन हो त, यसबारे बहस हुनुपर्छ ।हामीलाई एकद्धार प्रणाली र विधि चाहिएको हो । उद्योग मन्त्रालयले उद्योग सम्बन्धि के के नियम पालना गर्नुपर्ने, कर कति तिर्नुपर्ने, वार्षिक नविकरणवापत कति शुल्क तिर्नुपर्ने त्यो सबै बनाउनुपर्छ । दुईवटै मन्त्रालयसँग काम गर्न तयार छौं । हामी दुईवटा मन्त्रालयमा जान्छौ । भएका कमी कमजोरीलाई संयन्त्र बनाएर नियमन गरोस् । एकद्धार प्रणालीबाट हामी निकै अगाडि जान सक्छौ । देशलाई आर्थिक संकटबाट जोगाउने जिम्मेवारी पूरा गर्न तयार छौं । सुझाव दिने काम हामी निजी क्षेत्रको हो । यसका लागि टेबलम बस्ने अवस्था बनाउनपर्छ । व्यवसायी संगठित नहुँदा सामूहिक आवाजको अभावमा नीतिगत सुधार हुन नसकेको हो जस्तो लाग्दैन् ? क्ुनै समय लगानी सम्मेलन पनि सरकारले गरेको हो । हामी लगानीकर्ता हौं, स्वदेशी उत्पादन र स्वदेशी कच्चा प्रदार्थमा आधारित रहेका उद्योगहरु राष्ट्रिय महत्वका उद्योग हुन् । राष्ट्रको पैसा लगानी पनि हुन्छ । यसले देशलाई कति नोक्सान भएको छ कति फाइदा हुन्छ भन्ने तहमा सरकार पुगेन र नाफा नोक्सानको लेखाजोखा गर्न पुगेन भने देशमा आर्थिक सुधार हँुदैन । चुवावट रोक्नु भनेको आर्थिक सुधार गर्नु हो । हिजो हामीले हजारको व्यापार गरी आज १५ सयको व्यापार गर्दा त्यो नाफामूलक भयो । सरकारले पनि त्यही तहले सोच्नुपर्यो, सरकार पनि व्यपारी हो । सरकारले पनि संगठित हिसावमा व्यापार गर्ने हो । स्थानीय सरकारले चार हजार रुपैंयाँ प्रतिट्रिपको लिएका छन् त्यो स्थानीय सरकारले व्यापार गरेको हो । व्यापार गरेको पैसा विकास निर्माणमा लगाउने होला नि । सिस्टममा एउटा माध्यमबाट आउने अर्को माध्यमबाट जाने हुन्छ । व्यवसायीहरु संगठित हुनुपर्छ, दबाब सिर्जना गर्नुपर्छ भन्ने होइन । सबै व्यवसायको नेतृत्व मैले गरेको छु, अव सरकारको सुझावको मेरुदण्ड म हुँ । त्यस्तैगरी उद्योगका लागि उद्योग व्यवसायी महासंघले अन्य व्यवसायी क्षेत्रको नेतृत्व गरेको छ त्यसमा सरकारको सुझावको पात्र उद्योग व्यवसायी महासंघ हो । निर्माण व्यवसायीहरुको समस्याका बारेमा निर्माण व्यवसायी संघले काम गर्ने हो । नेपालको सन्दर्भमा हेर्ने हो भने पूर्वाधारको क्षेत्रमा विकास भएपनि जिविकोपार्जका सन्दर्भमा विकास भएको छैन् । जिविकोपार्जनका लागि नागरिकले उत्पादन गरेको बस्तुलाई आन्तरिक खपत गरेर वा निर्यात गरेर मुलुक समृद्ध गराउने बाटोमा अघि बढ्नपर्छ । यस्तो अवस्थामा बल्ल मुलुकको आर्थिक सुधार हुन्छ । हामीले आन्दोलन गर्ने, झगडा गर्ने भन्ने किमार्थ होइन । हिजो व्यवस्था परिवर्तनको निम्ति नेपालका राजनीतिक दलहरुले आव्हान गरे होलान हामी पनि आन्दोलनमा होमियौ होला । व्यवस्था परिवर्तन भयो । अन्त्यमा, सरकारलाई दिनैपर्ने सुझावहरु के के छन् ? २०७७ को मापदण्ड सामान्य प्रशासन मन्त्रालयको जिम्मामा छ । त्यो खारेज नगरी बाटो खुल्दैन । त्यसपछि उद्योग मन्त्रालयले नविकरण गर्ने हो । मापदण्ड कस्तो बनाउने, उत्खनन् र संकलन सम्बन्धि मापदण्ड कसले बनाउने, उद्योगको मापदण्ड कस्तो बनाउने, प्रशासनिक मापदण्ड कसले बनाउने त्यसका लागि टेबलमा बस्नैपर्छ । तत्काल ०७७ को ढुङगा गिट्टी, बालुवा सम्बन्धि मापदण्ड खारेज गरीसंघीय मन्त्रालयमार्फत नयाँ पास गर्न सकिन्छ । उद्योग सम्बन्धि मापदण्ड उद्योग र सरकारवाला राखेर बनाउने र त्यसमा हामीले सुझाव दिन्छौ । त्यो काम एक हप्ताको हो । भोलि नै संघीय मन्त्रालयलमार्फत मापदण्ड खारेज गरी पर्सी नै उद्योग मन्त्रालयले कानून सम्मत दर्ता भएका उद्योगले सरकारलाई तिर्नुपर्ने कर दस्तुर दिएर नविकरण गरी सञ्चालन गर्ने भनेर निर्देशन दिनपर्छ । व्यवसायी पैसा तिर्न जान्छन् । नियम अनुसार पैसा तिरेर नविकरण गर्न सबै व्यवसायी तयार छन् । कार्यविधि बनाउन सक्यो भने कानूनी दायरामा नआएकाहरु पनि आउछन् । बाहीर रहेकाहरुलाई कानूनी दायरामा ल्याउनैपर्छ । जसका कारण सुरुङको समस्या र उद्योगको समस्या सल्टिन्छ । सरकारले १० औ करोड बराबरको सामान सितै बगाएर हात बाधेर बसेर हुन्छ अनि देशमा आर्थिक संकट पर्यो भनेर भनिन्छ । आज हामी ढुङगा गिट्टी, बालुवा उत्पादन गरेर निर्यात गर्न सक्छौ । सरकारले निकासीको निर्णय गर्यो भने निकासी व्यवस्थित हुँदै जान्छ । नराम्रालाई बन्द गर्ने र राम्रालाई अवलम्वन गर्दै जाने हो भने राम्रो हुन्छ । प्रत्येक कुरामा आरोप मात्र लगाइन्छ भने त्यसमा सफाइका लागि अवसर दिनपर्छ । सुधारको लागि सरकारले अधिकार दिनुपर्छ । भने अनुसारको नीति बनाउनुस् हामी सुधार गर्छौ । सरकारले तत्काल गर्नुपर्ने भनेको २०७७को मापदण्ड खारेज नै हो । युवराज गौतम / नेपाल न्यूज बैंक
प्रतिक्रिया