गृहमन्त्री लेखकद्वारा नेकपा एसको कार्यालय निरीक्षण

शनिबार, १६ चैत्र २०८१
काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले क्षतिबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए । त्यस अवसरमा उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । आजै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरूले उक्त पार्टीको कार्यालयमा भएको क्षतिबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार