काठमाडौँ । शुक्रवार तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक गतिविधिमा संलग्न दुर्गा प्रसाईँ निकट युवा समूहका एक कमान्डर पक्राउ परेका छन्।
‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमान्डर मुनीन्द्र राज भण्डारीलाई बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
शुक्रवार तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा राज भण्डारी पनि सहभागी थिए। प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।
उनले आजै मात्र पत्रकार मृत्युको कारण राज्य पक्ष भएको आरोप लगाउँदै फेसबुक स्ट्याटस राखेका थिए।
शुक्रवार भएको हत्या, लुटपाट, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म १०० जनाभन्दा बढीलाई पक्राउ गरेको छ, तर दुर्गा प्रसाईँ भने फरार छन्।
प्रतिक्रिया