धरानबाट लागू औषधसहित चार जना पक्राउ

आइतबार, २४ चैत्र २०८१
धरान : लागू औषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले धरान उप-महानगरपालिका वडा नं. ९ स्थित बगैंचा लाइनमा एक घरमा छापा मार्दा ठूलो परिमाणमा लागू औषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८१ साल चैत २३ गते साँझ ६:०० बजे, शारदा राईको घरमा डेरा गरी बस्दै आएका विजय साहको कोठामा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उक्त कोठामा छापा मारेको थियो। छापाका क्रममा भारत घर भई हाल धरान–९ मा बस्दै आएका ३० वर्षीय विजय साहसहित अन्य तीन जनालाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धरान–९ का ३० वर्षीय विजय साह, २७ वर्षीय निरञ्जन यादव, धरान–१० का २५ वर्षीय विशेष राई र धरान–१७ का २६ वर्षीय निश्चल राई रहेका छन्। प्रहरीले उनीहरुको साथबाट स्पामो पोक्स्यभोन ब्राण्डको ८० ट्याब्लेट, ट्रामाडोल १४४० क्याप्सुल, स्कुफ सिरप ७ बोतल र निट्राजेपाम ७५ ट्याब्लेट बरामद गरेको छ। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागू औषध कारोबारविरुद्ध प्रहरीले अभियानलाई थप सक्रिय बनाउँदै लगेकाे छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार