दुर्गा प्रसाईँसँगै बडीगार्ड खड्का पनि प्रहरी नियन्त्रणमा

शुक्रबार, २९ चैत्र २०८१
इटहरी । गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईँ पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईँलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे । तर उनलाई प्रहरीको विशेष ब्युरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ । उनका अनुसार प्रसाईँको साथबाट निजका बडीगार्ड दीपक खड्का पनि नियन्त्रणमा आएका छन् । आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडीगार्ड दीपक खड्का पनि सँगै छन् ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार