ट्रकले साइकललाई ठक्कर दिँदा दिदीको मृत्यु, बहिनी घाइते

शुक्रबार, २९ चैत्र २०८१
सर्लाही । सर्लाहीको हरिपूर्वामा आज (शुक्रबार) ट्रकलेसाइकललाई ठक्कर दिंदा दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छन्। बाँके–संग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका –९ मिर्चैया बजारमा ना ५ ख ३८५८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा ईश्वरपुर नगरपालिका– १३ की १७ वर्षीया अञ्जलीकुमारी महतोको ज्यान गएको प्रहरीले जनाएको छ । साइकलमा पछाडि बसेकी उनकी १५ वर्षीया बहिनी पूजाकुमारी घाइते भएकी छिन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिवन नगरपालिका– १० ताइवान टोलका ३१ वर्षीय लक्ष्मण विक प्रहरी नियन्त्रणमा छन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार