ट्याक्टरले मोटरसाइकललाई दियो ठक्कर, श्रीमतीको निधन, श्रीमान घाइते

शुक्रबार, २९ चैत्र २०८१
रौतहट : रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका स्थित ट्याक्टरले मोटरसाईकल लाई ठक्करदिदाँ मोटरसाइकलमा सवार श्रीमतीको  मृत्यु भएको छ  भने चालक श्रीमान् घाइते भएका छन्। गए राती मौलापुरबाट गम्हरिया गाउँ तर्फ गईरहेको प्रदेश २-०३-००१ त ३५२४ नम्बरको ट्याक्टरले विपरित दिसाबाट आइरहेको ना ६० प ३४३८ नम्बरको मोटरसाइकललाई मौलापुर ३ नौलाखा गेट नजिकै ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते मोटरसाइकलमा पछाडि सवार  ४५ वर्षीय सिता देवी साह कानुलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी दीपककुमार रायले न्युज कारखाना लाई बताएका छन्। ठक्करबाट मृतक महिलाको श्रीमान् मोटरसाइकल चालक लखीन्दर साह कानु घाइते भएको प्रहरीले जनाएको छ। ट्याक्टरका चालक फरार भएपछि ट्याक्टर र साहु रामेश्वर साहलाई इलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार