विराटनगर : सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा विराटनगरकी पत्रकार तारा आचार्य चयन भएकी छन् ।
सञ्चारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा भएकी आचार्य नेपाल पत्रकार महासंघ मोरङको उपाध्यक्ष समेत हुन् ।
सञ्चारिका समूहको प्रदेश उपाध्यक्षमा सुनसरीकी रुमा रिजाल, महासचिवमा मोरङकी जुनु भट्टराई, सचिवमा सुनसरीकी सुप्रिया राई, कोषाध्यक्षमा मोरङकी कविता घिमिरे चयन भएका छन् । सदस्यहरुमा इन्दु साह, शान्ति राई, उर्मिला दनुवार, सिर्जना खुलाल, सीता लिम्बू र सुशीला संग्रौला चयन भएका छन् ।
अधिवेशनको उद्घाटनका क्रममा कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले पत्रकारहरुले सत्यतथ्यमा आधारित पत्रकारिता र ३ तहका सरकारलाई खबरदारी गर्नेुपर्ने बताइन् । पत्रकार महिलाहरुलाई पेसागत रुपमा सक्षम बनाउँदै अघि बढ्नु पर्ने उनको भनाइ छ ।
अधिवेशनका अवसरमा मोरङकी अग्रज पत्रकार ललिता भट्टराईलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया