विराटनगर । मोरङको लेटाङमा बाँस काट्ने क्रममा भिरबाट लडेर शनिबार साँझ १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लेटाङ नगरपालिका–१ का ३३ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको हो ।
आफ्नै बाँसघारीमा बाँस काट्ने क्रममा लिम्बू शनिबार अपरान्ह ४ः३० बजेतिर भिरबाट खसेको प्रहरीले जनाएको छ । भिरबाट अन्दाजी ३० मिटर तल खसेर गम्भीर घाइते भएका उनलाई आफन्तले उद्धार गरेर उपचारका लागि लेटाङकै बिरण अस्पताल लगेका थिए ।
अस्पताल पुर्याउनसाथ साँझ ६ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेका छन् । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया