बिराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विगतका कामहरूको समीक्षा गर्दै आगामी दिन अझ फलदायी र सुखमय बनाउने बताएका छन् ।
नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले संघीय संरचनाहरूलाई सबलीकरण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न संघीयतालाई बलियो बनाउनुपर्ने बताए।
प्रदेशवासी तथा स्वदेश तथा विदेशमा रहेका आम नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले प्रदेशका जनतालाई नयाँ उत्साह थप्नका लागि नयाँ वर्षको सुरुवातदेखि नै पर्यटन वर्ष २०८२ घोषणा गरेर प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउने आधारशिलालाई खडा गरिने उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले नयाँ वर्षमा नै लगानी सम्मेलन गरेर प्रदेशको सुख, प्रदेशको विकास र समृद्धिमा नयाँ इटा थप्ने प्रयत्नसमेत भइरहेको बताए ।
प्रतिक्रिया