काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमकी ग्लोबल लिडर घोषित भएकी छन् ।
विश्वका विभिन्न देशका मन्त्रीहरु, सांसद, वैज्ञानिक, व्यापारी,उद्यमी गरेर छनौट भएका ११४ युवाहरूमध्येमा उपप्रमुख डंगोल पनि पर्न सफल भएकी हुन् ।
वर्ल्ड इकोनोमिक फोरमले डंगोलबारे आफ्नो वेबसाइटमा सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय रहेकी, स्थानीय लिपिहरूको संरक्षणका लागि युवाहरूको नेतृत्वमा सञ्चालित ‘क्यालिजात्रा’ अभियान सुरु गरेकी, मिस नेवा प्रतियोगिता जितेकी र काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ आयोगमा हालसम्मकै कान्छी सदस्यका रूपमा नियुक्त भएकी लगायतका विषय उल्लेख गरेको छ ।
यसैगरी, २९ वर्षको उमेरमा सुनिताले काठमाडौं उप–महानगरकी उप–प्रमुख पदमा देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी मतान्तरले विजयी भएको, पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय र वर्ल्ड टुरिज्म सिटिज फेडेरेसन सम्मेलनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै विचार प्रस्तुत गरेको कुरालाई पनि उल्लेख गरिएको हो ।
प्रतिक्रिया