जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

बुधबार, ०३ बैशाख २०८२
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार मोरङ र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन्। मोरङकी २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लाबारी नगरपालिका–८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामीलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता सुर्खेतमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्का थप एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको हो । न्यौपानेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार