इटहरीमा जङ्गली हात्ती आतंकः घर भत्काएर धान र चामल खायो

शुक्रबार, ०५ बैशाख २०८२
इटहरी :  इटहरी उपमहानगरपालिका वडा नं. ३ को तामाङ टोलमा आज (शुक्रबार) बिहान करिब ३ बजे जङ्गली हात्तीको झुण्ड प्रवेश गरेको छ। हात्तीहरूले मान बहादुर तामाङको एक तले घरमा भत्काएर भित्र राखिएको अन्नमा क्षति पुर्‍याएका छन्। करिब १०–१२ वटा हात्ती एकै पटक घरभित्र पसेर चामलका ४ बोरा र ७–८ मन धान खाएका छन्। उनीहरू घरमा मान्छे नभएको कोठामा छिरेका थिए। हात्तीले घरको एक साइडको बार समेत भत्काएका छन्। घटनाको खबर पाएलगतै इलाका प्रहरी चौकी ताल तलैयाबाट प्रहरी निरीक्षक प्रलाद बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार उक्त स्थान चौकीबाट करिब २ किलोमिटर पश्चिम–उत्तरतर्फ पर्छ। जङ्गली हात्ती बारम्बार गाउँमा आउने गरेका कारण स्थानीय त्रसित छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार