सडक कब्जा गरेर आन्दोलन गर्दा व्यवसायीलाई करोडौं घाटा

विहीबार, ११ बैशाख २०८२

काठमाडौं : के तपाइलाईं थाहा छ रु काठमाडौं उपत्यकामा दैनिक कति सार्वजनिक सवारीसाधन गुड्छन् ?  एक दिन सडक बन्द गरेर आन्दोलन गर्दा यातायात व्यवसायीलाई कति घाटा लाग्ला रु यातायात व्यवसायी महासंघका महासचिव डेकनाथ गौतमका अनुसार उपत्यकामा दैनिक ९०० देखि एक हजार सार्वजनिक सवारीसाधन चल्छन्। ती सवारीसाधनमा काम गर्ने चालक, सहचालक गरी करिब दुई हजार यातायात मजदुर रहेका छन्। उपत्यकाको सार्वजनिक सवारीसाधनबाट दैनिक रूपमा एक करोडबढीको कारोबार हुने गर्छ। 

लामो सयम सडक कब्जा गरेर प्रदर्शन गर्दा यातायात व्यवसायीहरू मारमा परेका छन्। पछिल्लो समय २२ दिनसम्म निरन्तर भएको यो प्रदर्शनले सार्वजनिक सवारीको २२ करोड बढी क्षति भएको बताइएको छ। यातायात महासंघका महासचिव गौतम भन्छन्, ‘आफ्नो अधिकार माग गर्दै गर्दा अन्य क्षेत्रलाई ध्वस्त बनाएर लामो समय प्रदर्शन गर्नु ठीक हैन।

उपत्यकाको सबै सडकमा चल्ने सवारीसाधनहरूमा टेम्पोदेखि ठूला बससम्म करिब एक हजार सवारी कुद्छन्। एउटा ठूलो बसले चक्रपथ राउन्ड लगाउँदा करिब १० हजार रुपैयाँको कारोबार गरेको हुन्छ। यही हिसावमा करिब एक करोड रुपैयाँको कारोबार हरेक दिन हुने अनुमान छ।’

यसरी लामो समय सडक कब्जा गरेर सडक बन्द गर्दा करोडौं रुपैयाँको घाटा लागेको व्यवसायीहरूको निष्कर्ष छ।  सडक कब्जा गरेर प्रदर्शन गर्ने कार्य नरोकिए यातायात व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। पटक–पटक सडकमा भइरहेको आन्दोलन, प्रदर्शन र विरोध कार्यक्रमका कारण उक्त सडक हुँदै यात्रा गर्ने सवारीसाधन मारमा परेको बताउँदै यातायात व्यवसायीले सडकमा आन्दोलन गर्ने प्रवृत्ति रोकिनुपर्ने बताएका हुन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिले यातायात व्यवस्था विभाग मीनभवनमा ध्यानाकर्षणपत्र बुझाएका छन्। महासंघका महासचिव डेकनाथ गौतमको हस्ताक्षर भएको विज्ञप्तिमा १४ बुँदे माग राखी ध्यानाकर्षण भएको बताइएको छ। 

महासंघ प्रतिनिधिले विभिन्न प्रकारको आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको भन्दै सहज रूपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको हो।

विभिन्न पक्षहरूले गरेको आन्दोलनका कारण यातायात क्षेत्र नै धराशायी भएकाले सरकारले गम्भीर भएर यस विषयमा विचार गर्नुपर्ने महासंघको भनाइ छ। माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुँदा बैंक किस्ता तिर्न समस्या भएको, मजदुर लगायतमाथि समस्या भएको र यात्रुहरूको अधिकारको हनन् भएको बताइएको छ। 

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भन्छन्, ‘बानेश्वर बबरमहल सडकखण्ड बन्द भएको २२ दिन भैसक्यो। उक्त रुट हुँदै चल्ने सवारीसाधन ठप्प छन्। कहिले शिक्षक, कहिले राजावादी, कहिले राप्रपा त कहिले सरकारकै भातृ संगठन लगायत अन्य संघसंस्थाले दिनहुँ प्रदर्शन गरिरहेकै छन्।

यसले गर्दा उक्त क्षेत्रको दैनिकी नै अस्तव्यस्त छ। गाडी नचलेको दिनको बैंकको किस्ता कसले तिर्ने ?  आम्दानी नै नभएपछि कसरी तिर्ने रु आन्दोलन पनि एक दिन भए पो सबैले थेग्न सक्छन्, हरेक दिन आन्दोलन हुँदा उक्त क्षेत्रमा व्यापार व्यवसाय गर्ने मानिसहरूको हालत के भयो रु उनीहरूले कसरी गुजारा गर्नु रु सवारीसाधन नचल्दा त्यहाँ काम गर्ने यातायात मजदुरले परिवार कसरी पाल्नु रु एउटाको अधिकार माग्दै गर्दा अर्काको अधिकार हनन् गर्नु जायज हैन।’ 

सिटौला अगाडि भन्छन्, ‘यातायात व्यवसायीले अधिकार माग गर्दै आन्दोलन गर्‍यौं भने सरकारले गोली ठोकेर मार्छ। तर अन्य क्षेत्रको आन्दोलनमा हाम्रो व्यवसाय धराशायी बनाएको, हाम्रो अधिकार हनन गरेको कसले हेर्ने रु अब त अति भएन र रु हाम्रा अधिकारका लागि हामी पनि आन्दोलनमा जानैपर्ने बाध्यता छ।’ 

एक ठाउँको सडक बन्द हुँदा उक्त क्षेत्रको ट्राफिक जामले उपत्यकाका अन्य ठाउँमा पनि आवागमनमा असहजता हुने सिटौलाको तर्क छ। राजधानीकै सवारी व्यवस्थापन अस्तव्यस्त भइराखेको छ। नागरिकले दुःख पाइराखेका छन्। 

उनले आन्दोलनका कारण आफूहरूको अधिकार हनन् भएकाले समयमा नै यातायात सञ्चालनको अवरोध नहटे बाध्य भएर आन्दोलन गर्ने उनले बताए।

महासंघले मोटर बिमा दर निर्देशिका २०७३ संशोधन, कानुनविपरीत सञ्चालन भएका यातायात कम्पनीलाई कानुनी दायरामा ल्याउनुपर्ने, व्यवसायीको सुझावका आधारमा सवारी ऐन संशोधनलगायतका विषयमा समेत विभागको ध्यानाकर्षण गराएको छ।

भारतीय नम्बरका सवारीसाधनहरू नेपालको सडकमा निर्वाध चल्ने गर्दा यहाँका व्यवसायी मारमा परेको उनीहरूको दाबी छ। यसका साथै महासंघले बुझाएको विज्ञप्तिमा यातायात क्षेत्रका विभिन्न १४ वुदे मागका विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन्। 

आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार