भारतको आतंकवादी आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको त्रिवेणीमा अन्त्येष्टि

विहीबार, ११ बैशाख २०८२

काठमाडौँ । भारतको जम्मू–काश्मिरको पाहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका बुटवल–११, कालिकानगरका सुदीप न्यौपानेको अन्त्येष्टि त्रिवेणीमा गरिएको छ।

मंगलबारको आक्रमणमा निधन भएका उनको शव बिहीबार बिहान श्रीनगरबाट दिल्ली, त्यसपछि लखनउ हुँदै नेपाल–भारतको सीमा सुनौली पार गरी बुटवल ल्याइएको थियो। शवलाई केही समय गृहनिवासमा राखिएपछि अन्त्येष्टि गरिएको हो।

सुदीप आमा, बहिनी र ज्वाइँसँगै कश्मीर घुम्न गएका थिए। सो क्रममा भएको आतंकवादी आक्रमणमा परेर उनीसहित २७ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार