इटहरी : लियो क्लब अफ इटहरी सिटीले इटहरीमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । नव दृष्टि आई हस्पिटलको प्राविधिक सहयोग र ‘भ्वाइस अफ चिल्ड्रेन’ संस्थामा विशेष निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित उक्त शिविरमा करिब २०० जना बालबालिका तथा स्थानीय नागरिकहरूलाई लक्षित गरी आँखा परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको अध्यक्ष लियो अमर दिप पौडेलले जनाए ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी का एरिया चिफ तथा प्याबसन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थानेश्वर ढकालले आँखा स्वास्थ्यको संवेदनशीलतालाई दृष्टिगत गर्दै यस्ता शिविरहरूले भविष्यमा आँखासम्बन्धी गम्भीर समस्या न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
शिविरमा सहभागीहरूले निःशुल्क प्रदान गरिएको सेवा निकै लाभदायक भएको प्रतिक्रिया समेत दिएका छन् ।
प्रतिक्रिया