धनुषामा तीन सन्तानपछि आमाको पनि मृत्यु, शल्यक्रियाबाट निकालिएको नवजात शिशु सुरक्षित

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौँ । धनुषाको शहीद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ ।

विष सेवनवाट गम्भीर भएकी आमा पवित्रा शाहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गत सोमबार गहुँमा राख्ने विषादी सेवनबाट आमा बिरामी र तीन छोराछोरीको मृत्य भएको थियो ।

तीन छोराछोरी छ वर्षीय आदित्य साह, चार वर्षीया आकृती साह र दुई वर्षीया छोरी आरुती साहको घटनास्थलमै मृत्यु भएको थियो । मृतक पवित्रा साह यदुकोहाका सुशील साहकी श्रीमती हुन् ।

विष सेवन गरेकी आमा पवित्रा साहको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो ।

गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए ।  

पारिवारिक विवादका कारण घटना भएको प्रहरीको अनुमान रहेको छ । हाल घटनाको अनुसन्धान भइरहको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार