संविधान जारी भएको १० वर्षसम्म शिक्षा विधेयक नल्याउनु सरकार र संसदको असक्षमता : केदार कार्की

शनिबार, १३ बैशाख २०८२

इटहरी : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले संविधान जारी भएको एक दशक बितिसक्दा समेत शिक्षा विधेयक नआउनु सरकार र संसदको असक्षमता भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले शिक्षा विधेयक केवल शिक्षकहरूको मुद्दा नभई सम्पूर्ण राष्ट्रको मेरुदण्ड भएको उल्लेख गरे। उनले भने, "संविधानतः शिक्षा मौलिक अधिकार हो। निर्वाचनका बेला शिक्षालाई प्राथमिकतामा राखेर घोषणापत्रमा उल्लेख गरिन्छ, तर १० वर्षसम्म विधेयक नल्याउनु सरकार र संसद दुवैको असफलता हो।"

कार्कीले शिक्षा ऐन फास्ट ट्रयाकमार्फत तत्काल ल्याउनुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार