प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलको विरोध

मंगलबार, १६ बैशाख २०८२

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन् ।

सोमबार सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा नराखेको भन्दै विपक्षी दलहरूले विरोध जनाएका हुन् ।

सो विरोध पछि सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए ।

शिक्षक र चिकित्सक आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न  माग गरेको तर सभामुखले नमानेको पाण्डेको आरोप थियो । उनले आजको कार्यसूचीमा सो प्रस्ताव राख्न माग गरेका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार