सरकारको नीति परम्परागत र निराशाजनक : पूर्व अर्थमन्त्री पुन

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन् ।

पूर्व अर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताएका हुन् ।

उनले भने, ‘यो नीति कार्यक्रम हेर्दा गन्तव्यविहीन जस्तो लाग्यो । अर्कोतिर निराश खालको लाग्यो । एउटा परम्परागत खालको लाग्यो । विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने हो र त्यो कार्यक्रममा बजेट राख्ने र त्यसमा स्रोत जुटाउने काम हुन्थ्यो । यस पटक त्यस्तो छैन । त्यसैले सरकार गन्तव्यहीन चलिरहेको छ । त्यस्तो ल्याएको देखिन्छ ।’

साथै उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छलेर आफू अनुकूलको योजना राख्न खोजेको बताए ।

उनले भने, ‘संसदलाई छलेर कार्यक्रम आफू खुसी गर्न खोजे जस्तो देखिन्छ । बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने सङ्केत देखिएको छ, यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पु¥याउन सक्दैन ।’

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार