आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : बाबुराम भट्टराई

शुक्रबार, १९ बैशाख २०८२

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनताको जीवनमा प्रभाव पार्ने खालको नभएको बताएका छन् । 

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो नीति सामान्य रूपमा पास भएको प्रथम श्रेणीमा नपरेको बताएका हुन् । 

उनले भने, ‘सुशासनको क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्ने अङ्गहरूलाई बलियो बनाउँछौँ र सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो त्यो नभन्दा त्यसलाई निरन्तरता जस्तो भयो । यो सामान्यरुपमा पास त भयो तर फस्ट डिभिजनमा आएन । जनताको जीवनमा प्रभाव पार्ने, जो मान्छेले अपेक्षा गरेको छ त्यो चैँ आएन । त्यो हुनुमा उहाँहरूको दृष्टिकोणमा समस्या पर्यो ।’

उनले नेपाल कृषि प्रधान देश भएकाले १० वटा कुरा गर्नुको साटो वैज्ञानिक भूमि सुधार गर्नेछौं भन्नुपर्ने बताए ।  

‘नेपाल अहिले पनि कृषि प्रधान देश हो । वैज्ञानिक भूमि सुधार भनेर हाम्रो संविधानमा उल्लेख छ, त्यसलाई १० वटा कुरा गर्नु साटो वैज्ञानिक भूमि सुधार गर्नेछाँै भने हुन्छ यसले आशा पनि जगाउँछ,’ उनले भने । 

उनले देशको आर्थिक विकास क्रमिक भइरहेको भन्दै २ अङ्कको वृद्धिदर नघटेको बताए । उनले आर्थिक वृद्धिदर थप हुने गरी आर्थिक नीति नबनेको बताए । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार