विश्व पौडेलको विरुद्धको सुनवाइ सकियो, केही बेरमा आदेश आउँदै

मंगलबार, ०६ जेठ २०८२

काठमाडौँ । विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपिठ गर्ने विरुद्धको निवेदनमाथि सुनवाइ सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पौडेल विरुद्धको सुनुवाइ सकिएको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यही जेठ २ मा दरपिठ गरिदिएको थियो ।

उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली काँग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन् ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार