काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले १६औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘टेष्ट प्रिपरेशन बुटक्याम्प ६.०’ आयोजना गर्ने भएको छ ।
यो बुटक्याम्प काठमाडौंको बागबजारस्थित केन्द्रिय कार्यालयमा शुक्रबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म चल्ने बताइएको छ । कार्यक्रममा आईईएलटएिस, पीटीई, टोफेल, डुओलिङ्गो र स्याट जस्ता अन्तर्राष्ट्रिय टेस्टका लागि तयारी गराइनेछ ।
सहभागीहरूले विवके लिम्बूबाट ब्रिटिश काउन्सिलको विशेष सेसन, सुमनकृष्ण श्रेष्ठ पियर्सनको गहन प्रोफेशनल सेसन, उद्योग विशेषज्ञहरूसँग कोर्स छनौटमा सहयोग, इटीएसबाट टोफेल र जीआरईबारे आधिकारीक जानकारी, साथै स्याट र डुओलिङ्गोको फर्म्याट, एडप्टिभ टेस्ट र अन्तर्वार्ताका लागि टिप्स प्राप्त गर्ने इन्लाइटनले जानकारी दिएको छ ।
यसका साथै, सहभागीहरूले रिचार्ज कार्ड, मुभी टिकट र उपहार ह्याम्परहरू जित्ने मौका पाउनेछन्। बुटक्याम्पमा ३० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ।
साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।
प्रतिक्रिया