गोरखा : गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग २ ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीय विनीता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् ।
विनीताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष निशा रोकाले बताइन् ।
प्रतिक्रिया