झापा : झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा एक जंगली भाले (दँतार) हात्ती मृत अवस्थामा फेला परेको छ । बिगत लामो समयदेखि बिरामी रहेको सो हात्ती मिति आज दिउँसोेको समयमा मृत भेटिएको हो ।
मृत हात्तीको बारेमा जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी मंगलबारेबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित बनाएको थियो । पश्चात् कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र डिभिजन वन कार्यालय, भद्रपुरबाट आएको प्राविधिक टोलीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी हात्तीको पोस्टमार्टम गरेको हो ।
पोस्टमार्टमपछि मृत हात्तीलाई सोही स्थानमा खाल्डो खनी गाडिएको झापा प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया