बाटोमा हिँड्दा चट्याङ लागेर काकाको मृत्यु, भतिज घाइते

विहीबार, ०८ जेठ २०८२

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ।

बुधबार दिउँसो बाटोमा हिँडिरहेका ५१ वर्षीय बिरु चेपाङको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।

उनीसँगै हिँडिरहेका उनका ३२ वर्षीय भतिज दिलबहादुर चेपाङ घाइते भएका छन्।

घटनापछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय मुग्लिनलाई खबर गरेका थिए।

सूचना पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको चितवन प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार मृतकको शव पोष्टमार्टम तथा घाइतेको उपचारका लागि भरतपुर अस्पताल लगिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार