काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दायर गरेका बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनहरू सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम चरणमा पुगेका छन्।
न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा दर्ता भएका यी निवेदनहरू सात पटकसम्म 'हेर्न नमिल्ने' सूचीमा परेपछि मंगलबारदेखि औपचारिक बहस सुरू भएको हो।
मंगलबारको सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। बुधबार संवैधानिक इजलास बसेकाले रविको मुद्दा आज (बिहीबार) का लागि पेसी तोकिएको हो।
रवि र छविलालको ७३ नम्बर निवेदनमा आजै आदेश आउने अपेक्षा गरिएको छ।
रविका कानुनी प्रतिनिधिहरूका अनुसार अदालतबाट आजै निर्णय आउने सम्भावना उच्च छ। अदालतको आदेशले यो मुद्दाको थप कानुनी गतिको दिशा निर्धारण गर्नेछ।
प्रतिक्रिया