राज्यमन्त्री अरुण चौधरीको घर फोडेर चोरी

विहीबार, ०८ जेठ २०८२

धनगढी : नागरिक उन्मुक्ति पार्टीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ।

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको चौधरीको बन्द घरबाट सुनचाँदीका गहना र नगदसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको जनाइएको छ।

विगत बैशाखदेखि घर बन्द रहेको र त्यहाँ कोही बसोबास नगरेको अवस्थामा चोरले घरको ढोका फोडेर प्रवेश गरेको बताइएको छ।

चोरी कहिले भएको हो भन्ने यकिन नभए पनि हिजोमात्रै चौधरी पक्ष घर पुगेपछि चोरी भएको थाहा भएको हो।

प्रारम्भिक अनुसन्धानमा चोरले बहुमूल्य गहना र नगद लुटपाट गरेको आशंका गरिएको छ।

हाल प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाउँदै चोरीको प्रकृति र चोरको पहिचानमा केन्द्रीत खोजी गरिरहेको जानकारी दिएको छ। घटनास्थलको निरीक्षण जारी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार