जनप्रतिनिधि सुविधाभोगी हुनुहुँदैनः कोइराला

आइतबार, १४ साउन २०८०
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले वडा तहदेखि नै सुशासन दिन सकेमात्रै जनताले संघीयताको महसुस गर्ने बताए । स्थानीय तहका जनप्रतिनिधिहरू सुविधाभोगी नभई जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न लाग्नुपर्नेमा उनले जोड दिए । नेता कोइरालाले वडा तहदेखि नै प्रशासनिक खर्चमा मितव्ययिता अपनाएर जनतालाई सहज रुपमा सेवा प्रवाह गर्नु आवश्यक रहेको औंल्याए । सुशासन नभएकै कारण धेरै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहेको उनको भनाइ थियो । भवन निर्माणका लागि सुनसरीको दुहबीस्थित पारस कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग २०७७ पुस २० गते ठेक्का सम्झौता भएको थियो । स्थानीय जग्गादाताले निःशुल्क उपलब्ध गराएको २ कठ्ठा जग्गामा ७९ लाख २७ हजार लागतमा निर्मित भवनमा गाउँपालिकाका अध्यक्षको समेत सम्पर्क कार्यालय राखिएको वडाध्यक्ष सोमराज काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार