भूकम्पमा घाइते भएकाको उद्धारका लागि तीनवटा हेलिकोप्टर परिचालन गरिने, प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टर लिएर सुदुरपश्चिम जाँदै

शनिबार, १८ कार्तिक २०८०
काठमाडौं । सरकारले, जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकप्टर पठाउने भएको छ । प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रधानमन्त्रीसहितको टोली त्यसतर्फ जाने जानकारी दिएको हो । सचिवालयले भूकम्प पीडितको उद्दारका लागि कम्तिमा तीनवटा हेलिकोप्टर परिचालन हुने जनाएको छ । ‘भूकम्पका घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भनेका छन्, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार