सप्तरीमा पोखरेलको लास फेला

बुधबार, ०२ असोज २०८१
सप्तरी : सप्तरीमा एक युवकको लास फेला परेको छ । जिल्लाको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा–६ स्थित महुलीमा बुधवार ति युवकको लास फेला परेको हो । अग्नीसाईर कृष्णासवरन वडा–६ मोहनपुर बस्ने रामकाजी पोखरेलको छोरा अन्दाजी २८ वर्षीय ईश्वर पोखरेलको लास रहेको प्रहरीले जनाएको छ । महुली बजारदेखि ३ सय मिटर पूर्व स्थानीय घुरण चौधरीको धान खेतको आलीमा पोखरेलको लास फेला परेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी अनुसन्धान टोली खटाई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार