ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७–९८४२२१९७३५आजको राशिफल बि.सं २०८१ चैत्र १५ गते शुक्रबार ई.सं २०२५ मार्च २८ नेपाल सम्बत ११४५ चिल्लागा चतुर्दशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शुभ योग, विष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५८ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ५८ मिनेट देखि ७ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
प्रतिक्रिया