विराटनगर । भारतबाट ल्याइएको अवैध माछा प्रहरीले बुधबार राति मोरङमा बरामद गरेको छ ।
प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–७ बरडंगाबाट राति १० बजेतिर लगभग १ सय किलो मुङ्ग्री जातको माछा बरामद गरिएको हो । मोटरसाइकलमा राखेर भारतबाट अवैध रूपमा ल्याउँदै गर्दा माछा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार माछा लगभग ३० हजार मूल्य बराबरको छ । माछा तस्करीमा संलग्न भने प्रहरीलाई देखेपछि मोटरसाइकल ल्याएर फरार भएको दाहालले बताए । उनका अनुसार माछा छाडेर भागेकाको खोजी जारी छ ।
बरामद गरिएको माछा नष्ट गरिने प्रहरीले जनाएको छ । भारतबाट माछा नेपालमा आयात गर्न प्रतिबन्ध लगाइएको छ ।
Discussion about this post