‘बत्तीमुनी बसेर ‘बत्ती गयो’ भन्नेलाई कारवाही गर्छौं’- उर्जामन्त्री

सोमबार, १२ जेठ २०८२
फाइल तस्बिर

काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले बत्ती नजाँदै ‘बत्ती गयो’ भनेर फोन गर्नेलाई कारवाही गर्ने बताएका छन् । कुलेश्वरस्थित नो लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि उर्जामन्त्री खड्काले यस्तो बताएका हुन् । 

उनले विद्युत नगएको समयमा पनि बत्ती गयो भन्दै आतंक फैलाउनेहरुलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएका छन् । 

नो लाइट शाखामा विद्युत आपूर्ति भइरहेको अवस्थामा पनि विद्युत नभएको भन्दै फोन आए जाँच गर्न र दुःख दिने नियतले फोन गरिएको भए सो नम्बर नोट गरेर प्रहरीलाई दिन पनि आग्रह गरेका छन् । उनीहरुलाई प्रहरीले कारवाही गर्ने उर्जामन्त्रीले बताएका छन् । 

त्यस्तै, मन्त्री खड्काले नेपालले हाल आवश्यकता अनुसारको विद्युत आपूर्ति गरिरहेको पनि बताएका छन् । उनले विपद् वा मौसमका कारण बाहेक अहिले लोडसेडिङ नहुने भन्दै मन्त्री खड्काले लोडसेडिङबारे कृतिम प्रचार नगर्न पनि आग्रह गरेका छन् । यस्तै, मन्त्री खड्काले आवश्यकताका आधारमा बजारको मूल्य निर्धारित हुने पनि बताएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार