काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले लामिछानेमाथिको मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै त्यस विरुद्ध ‘न्यायका लागि बृहत् अभियान’ सञ्चालन गर्ने निर्णय पनि गरेको हो।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, उक्त अभियानको संयोजकमा पार्टी सह कोषाध्यक्ष दीपक बोहरा तोकिएका छन्। अभियानले देश तथा विदेशमा रहेका नेपालीहरू माझ रास्वपाले भोगिरहेको राजनीतिक अन्यायबारे सन्देश फैलाउनेछ।
यस्तै, रास्वपाले भिजिट भिसा प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दै दोषीमाथि कारबाही गर्न संसद्मा प्रभावकारी पहल गर्न संसदीय दललाई निर्देशन दिएको छ।
प्रतिक्रिया