गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा यस्तो दिए स्पष्टोक्ति

बुधबार, १४ जेठ २०८२
फाइल तस्बिर

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू विरुद्ध फैलाइएको हल्लालाई राजनीतिक स्वार्थ प्रेरित षड्यन्त्रको संज्ञा दिएका छन्।

बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीको संलग्नता भएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएको प्रचारप्रसारप्रति असन्तुष्टि जनाए।

‘मन्त्री पनि संलग्न छन् भन्ने ढङ्गले विचार, समाचार र प्रचार भइरहेका छन्,’ उनले भने, ‘तर त्यो पूर्णतः असत्य र बेठिक कुरा हो।

मेरो कुनै संलग्नता छैन।’ उनले यसलाई नियोजित रूपमा गरिएको राजनीतिक आक्रमण भएको दाबी गरे।

गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि अनुसन्धानलाई आफूले खुला मनले स्वागत गर्ने पनि स्पष्ट पारे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार