कोशी प्रदेशका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना हुने

सोमबार, १९ जेठ २०८२

विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटा जिल्लामा  भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम  स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। 

कोशी प्रदेशमा यसअघि सात वटा सहरी विकास कार्यालय र सात वटा पूर्वाधार कार्यालय थिए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार ती कार्यालय प्रत्येक जिल्लामा थिएनन्। 

कुनै जिल्लामा सहरी र पूर्वाधार दुइटै कार्यालय थिए। त्यसका कारण एउटा कार्यालयले दुई तीन वटा जिल्लासम्म हेर्नुपर्दथ्यो । अब प्रत्येक जिल्लाले आफ्नो जिल्लाको मात्रै काम हेर्नुपर्ने र यसले सेवा प्रवाहमा सजिलो हुनेछ ।  मन्त्री भण्डारीले यो निर्णयले काम छिटो छरितो  हुने बताए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार