कैलाली : कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ।
सोमबार गौरीगंगा नगरपालिका-१० जवलपुरस्थित घरमा आगलागी हुँदा ७६ वर्षीय कुक्रु डगौरा थारुको जलेर मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
काठ र खरले छाएको दुई तले घरको माथिल्लो तलामा आगलागी हुँदा माथिल्लो तलामा सुतेका डगौराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए।
प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया