पूर्वमन्त्री वीरेन्द्र सिंहको पहलमा महिनाथपुर नहर हुँदै धोबिनियासम्म कालोपत्रे सडक बन्ने

सोमबार, १९ जेठ २०८२

सर्लाही :  नेपाली कांग्रेसका मधेश प्रदेश उपसभापति तथा पूर्वमन्त्री एवं प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत धनकौल गाउँपालिका क्षेत्रको छठीघाटदेखि महिनाथपुर नहर, मलघट्टा हुँदै धोबिनिया–भागरिथ महतोको घरनजिकसम्मको सडक कालोपत्रे गरिने भएको छ। कुल ६.५ किलोमिटर लामो यस सडक स्तरोन्नतिको जानकारी सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले दिएका छन्।

यस सडक योजनालाई समावेश गर्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार एकैपटक ६४ वटा सडक आयोजनाको शिलान्यास गरेका थिए। कुल ३२० किलोमिटर लम्बाइका यी सडक योजनाहरु तीन आर्थिक वर्षभित्र सम्पन्न गरिने लक्ष्यका साथ बहुवर्षीय खरिद गुरुयोजना अन्तर्गत स्वीकृत भई डीपीआरसमेत सकिएको भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले जानकारी दिए।

साढे ५ मिटर चौडाइको ती सडकहरूको निर्माणमा करिब १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार