काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आनाकानी गरिरहेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा जारी नेकपा एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी माओवादी संसदीय दलका नेता प्रचण्डले आफूसँग छलफल गर्न नचाहेको खुलासा गरेका छन् ।
प्रतिपक्ष दलहरूले मंगलबारबाट सुरु हुन गइरहेको संसद् बैठक अवरुद्ध गर्ने रणनीति बनाइरहेका बेला आफूले छलफल गर्न खोज्दा माओवादी अध्यक्ष प्रचण्ड सम्पर्कमै आउन नचाहेको बताए ।
‘भोलि चल्न दिन्नौ भनेका छन् संसद् । भोलि संसद् चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजे । हामी लिडरहरुको बीचमा छलफल गरौँ भनेर उहाँ सम्पर्कमा आउन चाहिरहनुभएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँलाई थाहा नभएको होइन, धेरै तिरबाट खोजी गर्दा पनि फेला पर्नु भएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला ।’
प्रधानमन्त्री ओलीले कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएर सोधेकै भरमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने दोहर्याएर । उनले प्रतिपक्षीको अवरोधका कारण मंगलबार संसद् अवरुद्ध नहुनेसमेत ठोकुवा गरे ।
प्रतिक्रिया