ललितपुरमा पोल ढलेर लाग्दा एक जनाको मृत्यु

बुधबार, २१ जेठ २०८२

काठमाडौं । ललितपुरमा बिजुलीको पोलले लागेर एक जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ललितपुरकै ५५ वर्षीय रमेश खड्गी रहेका छन् ।

डोजरले बाटो खन्ने क्रममा पोलले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्र. ३–०१ ००३ क ६७४२ नम्बरको जेसिबिले विद्युत्‌को पोल अडाउने र सार्ने काम गर्ने क्रममा पोल ढलेको थियो ।

मृतक खड्गी बाटो ममर्त चलिरहँदा छेउमै उभिएर हेरिरहेका थिए । सो क्रममा विद्युत्‌को पोल ढलेर लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको मृत्युपछि आक्रोशित स्थानीयहरूले ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार